• Trending:

पाकिस्तानका प्रधानमन्त्री सरिफ बेइजिङमा

पाकिस्तानका प्रधानमन्त्री सरिफ बेइजिङमा

Economist Nepal

Wed, Kartik 16 2079

पाकिस्तानका प्रधानमन्त्री सरिफ बेइजिङमा


१६ कार्तिक २०७९, बुधबार

sarif GqCh98GWee

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ चीनको राजधानी बेइजिङ पुगेका छन् । उनी दुई दिने भ्रमणका लागि हिजो बेलुका चीन गएका हुन् ।

आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा बेइजिङमा पुगेका प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
पाकिस्तानको प्रधानमन्त्री भएपछि सरिफले पहिलो पटक चीनको भ्रमण गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यो भ्रमणमा दुवै पक्षले आपसी चासोका सबै विषयमा छलफल गर्नुका साथै रणनीतिक सहयोग एवं साझेदारीको समीक्षा गर्ने खबरमा उल्लेख छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुगेका हुन् । सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जर्दारी पनि भ्रमणमा छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.