• Trending:

एमालेको बहुमत आउँछ, ओलीको नेतृत्वमा सरकार बन्छ : पूर्वमन्त्री गुरुङ

एमालेको बहुमत आउँछ, ओलीको नेतृत्वमा सरकार बन्छ : पूर्वमन्त्री गुरुङ

Economist Nepal

Wed, Kartik 16 2079

एमालेको बहुमत आउँछ, ओलीको नेतृत्वमा सरकार बन्छ : पूर्वमन्त्री गुरुङ


१६ कार्तिक २०७९, बुधबार

kiran gurung

तनहुँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले मंसिर ४ गते हुने निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गरेका छन् । तनहुँको दुलेगौँडामा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री गुरुङले जनताको आकर्षण एमालेप्रति बढेकाले एमालेले बहुमत ल्याउने र त्यसपछि जनतालाई विकास दिने बताए ।

निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने गुरुङको भनाइ थियो । ‘एमालेको बहुमत आएपछि हामी जनतालाई विकास दिन्छौँ’, गुरुङले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले यो क्षेत्रमा विगतमा एमाले नेतृत्वमा भएका विकासका कामलाई निरन्तरता दिन जनताले मूल्याङ्कन गर्ने समय भएको बताए । सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना एमालेमा समाहित भएका छन् ।’

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.