• Trending:

डेंगुबाट पत्रकार चाँदनी अधिकारीको निधन

डेंगुबाट पत्रकार चाँदनी अधिकारीको निधन

Economist Nepal

Wed, Kartik 16 2079

डेंगुबाट पत्रकार चाँदनी अधिकारीको निधन


१६ कार्तिक २०७९, बुधबार

Chandani Adhikary16673821331667384266

लमजुङ । डेंगु संक्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसी) पुर्‍याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासंघ लमजुङले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा डेंगुका कारण अधिकारीको निधन भएकोमा महासंघ स्तब्ध भएको उल्लेख गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जावान युवा पत्रकार गुमाएको उनको भनाइ छ । महासचिव पुरीले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.