• Trending:

विश्वशान्तिको लागि योगदान गर्न प्रतिबद्ध छ

विश्वशान्तिको लागि योगदान गर्न प्रतिबद्ध छ

Economist Nepal

Thu, Kartik 17 2079

विश्वशान्तिको लागि योगदान गर्न प्रतिबद्ध छ


१७ कार्तिक २०७९, बिहीबार

Amrit Rai

काठमाडौँ : नेपालले संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गत रहेर शान्ति स्थापनामा योगदान गर्न आफू प्रतिबद्ध रहेको प्रस्ट पारेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग प्रमुख अमृतकुमार राईले बिहीबार यूएनको चौथो समिति ‘स्पेसल पोलिटिकल र डिकोलोनाइजेसन’ मा बोल्दै यूएनअन्तर्गत नेपालले विश्वशान्तिको लागि योगदान दिन सक्नेबारेमा उल्लेख गरेका हुन् ।

समितिमा सम्बोधन गर्दै नियोग प्रमुख राईले भने,‘नेपाल राष्ट्र संघीय शान्ति स्थापनामा सम्भावित सबै किसिमले योगदान गर्न प्रतिबद्ध छ ।’ राईले यूएन शान्ति स्थापनाले द्वन्द्वको ट्रयाप परेका लाखौं मान्छेहरुलाई शान्ति र समृद्धिको आशा जगाइराख्ने बताएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपालले पहिलो पटक सन् १९५८ मा यूएन परिवेक्षक समूहको रूपमा लेबनान मिसनमा नेपाली सेनाका तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी थिए । सेनाका अनुसार हालसम्म नेपालबाट एक लाख २९ हजार ८ सय ९९ सैनिकहरुले शान्ति स्थापना कार्यमा भूमिका खेलिसकेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.