• Trending:

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानमाथि गोली प्रहार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानमाथि गोली प्रहार

Economist Nepal

Thu, Kartik 17 2079

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानमाथि गोली प्रहार


१७ कार्तिक २०७९, बिहीबार

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । तेहेरिक ए इन्साफका अध्यक्ष खानको खुट्टामा गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समयदेखि जारी लङ मार्चका कारण खान चढेको कन्टेनरलाई ताकेर गोली चलाइएको हो । गोली चलाइएपछि उनीसँगै रहेका पार्टीका सांसदसहित चार जना घाइते भएका छन् । पाकिस्तानको वाजिरावादमा भएको र्‍यालीका क्रममा इमरानमाथि आक्रमण भएको हो । पाकिस्तानी टेलिभिजन जियोले इमरानको खुट्टामा गोली लागेको उल्लेख गरेको छ ।

घटना लगत्तै पुगेका एक डाक्टरलाई उद्धृत गर्दै जियोले जनाएअनुसार इमरानलाई अहिले अस्पताल लगिएको छ । गोली चलेपछि अहिले इमरानको र्‍यालीमा तनाव भएको छ । त्यहाँ परिचालित सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । कन्टेनरमा अन्धाधुन्धा गोली चलाएका ती व्यक्तिलाई तत्कालै प्रहरीले पक्राउ गरिसकेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.