• Trending:

एमालेले थप्यो एक सिट – NepalWatch

एमालेले थप्यो एक सिट – NepalWatch

Economist Nepal

Fri, Mangsir 9 2079

एमालेले थप्यो एक सिट – NepalWatch

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेका छन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरे ।

महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकी हुन् । दुई पटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेकी थिइन् ।

यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.