
काठमाडौं । काभ्रे २ मा ९ हजार मतगणना बाँकी हुँदा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले ४ हजार ७२७ मतको अग्रता कायम गरेका छन् ।
प्राप्त पछिल्लो विवरणअनुसार, बाँस्कोटाले ४१ हजार ४४५ मत हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३६ हजार ७१८ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ९ हजार २५० मत ल्याएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३४० र मजदुर किसान पार्टीले ७६३ मत जोडेका छन् ।
Comments
Related News