• Trending:

दाङबाट दुई बहालवाला मन्त्री विजयी

दाङबाट दुई बहालवाला मन्त्री विजयी

Economist Nepal

Fri, Mangsir 9 2079

दाङबाट दुई बहालवाला मन्त्री विजयी

काठमाडौं । दाङ क्षेत्र नं. १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गरेको मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।

उनीहरूबीच पाँच हजार दुई सयको मतान्तर छ । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गरे ।

क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो । दाङ–१ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का इन्द्रजित थारू निर्वाचित भए । एक हजार सात सय ७५ मतले प्रतिस्पर्धीलाई पाखा लगाउँदै उनी निर्वाचित भएका हुन् ।

उनले १३ हजार पाँच सय पाँच मत प्राप्त गरे भने एमालेका गङ्गाराम भट्टराईले ११ हजार सात सय ३० मत हासिल गरे ।

थारू लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री हुन् । यसअघि एमालेसँग तालमेल गरेर चुनाव जितेका थारू यसपालि गठबन्धनबाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा ४० हजार एक सय छ मत खसेको थियो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.