• Trending:

नुवाकोट १ मा हितबहादुरले मतान्तर बढाउँदा पछि परे मैनाली

नुवाकोट १ मा हितबहादुरले मतान्तर बढाउँदा पछि परे मैनाली

Economist Nepal

Fri, Mangsir 9 2079

नुवाकोट १ मा हितबहादुरले मतान्तर बढाउँदा पछि परे मैनाली

काठमाडौं । नुवाकोट १ का माओवादी उम्मेदवार हितबहादुर तामाङले आफ्नो मतान्तर तन्काउँदै लगेका छन् । तामाङले मतान्तर बढाउँदा एमालेका बद्री मैनाली ७३८ मतले पछि परेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार, तामाङले २० हजार ३६ मत हासिल गरेका छन् । तामाङलाई नजिकबाट चुनौती दिइरहेका बद्री मैनालीको मत १९ हजार २९८ छ ।

यो क्षेत्रको ककनी, लिखु, सूर्यगढी, पञ्चकन्या र शिवपुरी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । अब तादी गाउँपालिकाको वडा नं. ५, ६ र दुप्चेश्वर गाउँपालिकाको गणना गर्न बाँकी छ ।

अहिले त्यहाँ धमाधम मतगणना चलिरहेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.