• Trending:

नवलपरासीमा देवेन्द्रराज कँडेलको लज्जास्पद हार, राप्रपाका प्रधान विजयी

नवलपरासीमा देवेन्द्रराज कँडेलको लज्जास्पद हार, राप्रपाका प्रधान विजयी

Economist Nepal

Fri, Mangsir 9 2079

नवलपरासीमा देवेन्द्रराज कँडेलको लज्जास्पद हार, राप्रपाका प्रधान विजयी

नवलपरासी । नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल नवलपरासी–२ बाट पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधानसँग निकै फराकिलो मतान्तरमा कँडेल पराजित हुन पुगेका हुन् ।

प्रधानले ३४ हजार ९५९ मतका साथ जित निकाल्दा कँडेल १९ हजार ५९४ मतमा रोकिए । उनीहरूबीचको मतान्तर १५ हजार ३३६ छ । कँडेल विवादास्पद पृष्ठभूमिका नेता हुन् ।

यहाँ नेकपा एमालेका उम्‍मेदवारले १४ हजार ४९८ मत बटुले ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.