• Trending:

प्रारम्भिक गणनामा लगातार पछि परेका माओवादी उम्मेदवार विजयी

प्रारम्भिक गणनामा लगातार पछि परेका माओवादी उम्मेदवार विजयी

Economist Nepal

Sat, Mangsir 10 2079

प्रारम्भिक गणनामा लगातार पछि परेका माओवादी उम्मेदवार विजयी

काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् ।

सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार तामाङ २६ हजार पाँच सय ४८ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।

यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको ६३ हजार तीन सय ७९ मतको आज बिहान सम्पन्न गणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मतान्तरले विजयी भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका तामाङ यसअघि विसं ०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले छ हजार एक सय १३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदर्शन सिटौलाले एक हजार छ सय ११ मत प्राप्त गरे ।

चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १७ उम्मेदवार भए पनि अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको निर्वाचन अधिकृत भुसालले जानकारी दिए ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.