• Trending:

मुगु प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी

मुगु प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी

Economist Nepal

Sat, Mangsir 10 2079

मुगु प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी

काठमाडाैं । मुगुमा प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् ।

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार चार सय २९ मत प्राप्त गरे । एमाले उम्मेदवार मल्लले चार हजार आठ सय ८४ मत ल्याए । यस क्षेत्रमा कूल १३ हजार छ सय २६ मत खसेको थियो ।

शाहीले मल्ललाई तीन हजार पाँच सय ४५ मतान्तरले पराजित गरेका हुन् । यसअघि प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका थिए ।  उनी १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन् ।

शाहीले निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीलाई तीन हजार नौ सय ९४ मतान्तरले पराजित गरेका थिए । यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका थिए । उनले ६ हजार  ६१८ मत प्राप्त गर्दै सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमलाई पराजित गरेका थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.