
काठमाडौं । अभिनेता सलोन बस्नेत आज विवाह बन्धनमा बाँधिएका छन्। उनले एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग विवाह गरेका हुन् ।
चार वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परिणत गरेको छ । शनिबार यो जाडीले तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेबन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम राखेका थिए ।
तस्विर : सामाजिक सञ्जाल
Comments
Related News