• Trending:

विजुलीको पोलमा ठोक्कीएर एक जनाको मृत्यु,

विजुलीको पोलमा ठोक्कीएर एक जनाको मृत्यु,

Economist Nepal

Tue, Mangsir 13 2079

विजुलीको पोलमा ठोक्कीएर एक जनाको मृत्यु,

काठमाडौं । विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा काठमाडौँमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक नुवाकोटका २६ वर्षिय सविन कँडेको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्कीएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे मृत्यु भएको हो । यस्तै, मोटरसाइकलको पछाडि बसेका नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २२ वर्षका सन्देश कार्की घाइते भएका छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.