• Trending:

टाटाका इलेक्ट्रिक कार किन्न एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा दिने

टाटाका इलेक्ट्रिक कार किन्न एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा दिने

Economist Nepal

Wed, Mangsir 14 2079

टाटाका इलेक्ट्रिक कार किन्न एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि लिमिटेडले टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्ने योजनामा ​​रहेका ग्राहकहरूलाई ८० प्रतिशतसम्मको सवारी साधन ऋण दिने सम्बन्धमा हालै एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको छ । हाल, टाटा मोटर्सले नेक्सन ईभी र टिगोर ईभी, नेपालका उत्कृष्ट इलेक्ट्रिक गाडीहरू प्रदान गर्दछ ।

सम्झौता अनुसार टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट १२.८ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र किफायती कर्जा सुविधा पाउनेछन् । सवारी साधनको कुल लागतको ८० प्रतिशतसम्म एभरेस्ट बैंकले ऋण दिनेछ । नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम ऋण प्रवाह गरिनेछ ।

Tata EV छनोट गर्ने ग्राहकहरूले अब टाटा मोटर्सबाट कुनै पनि विद्युतीय सवारीसाधन खरिद गर्नका लागि थप सहज र द्रुत प्रक्रिया समय पाउनेछन् ।

एभरेष्ट बैंकले हाल १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटीएममार्फत बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.