• Trending:

सुनसरी ४ मा फेरि पछि परे सञ्चारमन्त्री

सुनसरी ४ मा फेरि पछि परे सञ्चारमन्त्री

Economist Nepal

Thu, Mangsir 15 2079

सुनसरी ४ मा फेरि पछि परे सञ्चारमन्त्री

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ को जारी मतगणनामा सञ्चार मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पुनः पछाडि परेका छन् । उनलाई एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले झिनो मतले कार्कीलाई उछिनेका हुन् ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत ल्याउँदा कार्की २९७१२ मतका साथ उनलाई पछ्याइरहेका छन् । यी दुईबीच मात्रै ८८ मतको अन्तर छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२, राप्रपाका विद्यानन्द यादवले २ हजार ८ सय ५५ मत ल्याएका छन् ।

अहिले यहाँ यहाँ मतगणना चलिरहेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.