• Trending:

स्याङ्जा–२ मा धनराज र पद्याबीच उछिनपाछिन्

स्याङ्जा–२ मा धनराज र पद्याबीच उछिनपाछिन्

Economist Nepal

Thu, Mangsir 15 2079

स्याङ्जा–२ मा धनराज र पद्याबीच उछिनपाछिन्

काठमाडौं । स्याङ्जा क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको । गणनाको सुरुवातमा पद्या अर्यालले अग्रता लिएकोमा अहिले उनलाई पछि पारेर कांग्रेसका धनराज गुरुङ अगाडि लागेका छन् ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन् भने अर्याल तीन हजार दुई सय ४७ मतका साथ पछिपछि छिन् । यी दुईबीच ६५४ मतको फरक छ ।

स्याङ्जा–२ मा गएरातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।

यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन् । एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.