• Trending:

निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणना हुँदै

निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणना हुँदै

Economist Nepal

Thu, Mangsir 15 2079

निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणना हुँदै

काठमाडौं । मंसिर ४ मा विवादका कारण स्थगित भएको बाजुराको मतगणना ११ दिनपछि सुरू हुने भएको छ ।

बिहीबार जिल्लामा सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरू हुने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाइएको छ।

सत्तापक्षले शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदान गर्न निर्वाचन आयोगमा उजुरी गरेको थियो । त्यहाँको घटनाबारे बुझ्न गएको आयोगको टोलीले स्थलगत रिपोर्टिङपछि पुनः मतदान गर्न नपर्ने निर्णय गरेको थियो ।

टोलीले त्यहाँको बस्तुस्थिति बुझेर प्रतिवेदन तयार पारेर बुधबार मतगणना सुरू गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो। तर बुधबार बैठकमा दलहररू छलफलमा सहभागी नभएपछि आयोगले आज बोलएको हो । मतगणना गर्ने आयोगको निर्णयप्रति एमालेले आपत्ति जनाएको छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.