• Trending:

बाजुरामा मदिरा बिक्रि वितरण तथा सेवन गर्न नपाईने

बाजुरामा मदिरा बिक्रि वितरण तथा सेवन गर्न नपाईने

Economist Nepal

Thu, Mangsir 15 2079

बाजुरामा मदिरा बिक्रि वितरण तथा सेवन गर्न नपाईने

बाजुरा । बाजुरामा मतगणना अवधिभर मदिरा बिक्रि वितरण तथा सेवनमा प्रतिबन्ध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै मतगणना अवधिभर मदिरा बिक्रि वितरण तथा सेवनमा प्रतिबन्ध गरेको हो । प्रदेश तथा प्रतिनिधि सभा सदश्य निर्वाचन २०७९ को मतगणना अवधिभर मदिरा बिक्रि वितरण तथा सेवन र ओसार प्रसार गर्न नपाईने सूचनामा उल्लेख गरिएको छ ।

आजदेखि बडिमालिका नगरपालिका वडा नं. ८ र ९ क्षेत्रमा पर्ने मार्तडी बजार र आसपासका क्षेत्रमा सम्पूर्ण मतपरिणाम सार्वजनिक नभएसम्म मदिरा प्रतिवन्ध गरीएको सूचनामार्फत् जनाईएको छ ।

यदि कोही कसैले यो सुचनाको अवज्ञा गरी मदिरा ओसार प्रसार तथा बिक्रि वितरण र सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिक कारबाही हुने ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ, सूचनामा उल्लेख गरिएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.