• Trending:

अतिक्रमित सम्पत्ति खाली गर्दै मेचीनगरपालिका

अतिक्रमित सम्पत्ति खाली गर्दै मेचीनगरपालिका

Economist Nepal

Fri, Mangsir 16 2079

अतिक्रमित सम्पत्ति खाली गर्दै मेचीनगरपालिका

झापा । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र सार्वजनिक सम्पत्ति उपभोग गर्ने सबैलाई ७ दिन भित्र उक्त क्षेत्र खाली गर्न अनुरोध गरेको छ ।

मंसीर १४ गते एक सुचना जारी गर्दै नगरपालिकाको स्वामित्वमा रहेका सम्पत्ति, सार्वजनकि ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पुर्वाधारको अतिक्रमण गरी उपभोग गरेको भएमा अनधिकृत रुपमा विज्ञापन तथा होडिङ्ग बोर्ड राखेको भएमा, सडक क्षेत्रधिकार मिचि अनधिकृत रुपमा संरचना निर्माण गरी अतिक्रमण गरेको क्षेत्र ७ दिन भित्र खाली गर्न भनेको छ ।

त्यस्तै पालिकाले नगरपालिकाको स्वामित्वमा रहेको संरचना भित्र मादक पदार्थ बिक्री वितरण बन्द गर्न समेत सम्बन्धित सबैमा सुचना जारी गरेको छ । अतिक्रमित क्षेत्र खाली नगरेमा प्रचलित कानुन बमोजिम भइजाने व्यहारा सुचनामा उल्लेख गरेको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.