• Trending:

बागमतीमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी

बागमतीमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी

Economist Nepal

Fri, Mangsir 16 2079

बागमतीमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी

काठमाडाैं । बागमती प्रदेश अन्तर्गतका जिल्लामा गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालयले जनाएको छ ।

प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लामा कूल ३३ मानवअधिकार उल्लङ्घनको विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाइएको छ । कार्यालयका प्रमुख यज्ञ अधिकारीका अनुसार प्रदेशको सबैभन्दा बढी काठमाडौँ र ललितपुरमा मानवअधिकार उल्लङ्घनको उजुरी परेको बताए ।

दुवै जिल्लामा क्रमशः आठ र सात मानवअधिकार उल्लङ्घनको उजुरी परेको हो । प्राप्त विवरणअनुसार चितवनमा चार, नुवाकोटमा चार, सिन्धुपाल्चोकमा तीन, काभ्रेमा दुई, धादिङमा दुई, दोलखामा दुई र रामेछापमा एक वटा उजुरी परेको बताइएको छ ।

मकवानपुर, भक्तपुर, रसुवा र सिन्धुलीमा गत आर्थिक वर्षमा कुनै किसिमको मानवअधिकार उल्लङ्घनको उजुरी नपरेको सो कार्यालयले जनाएको छ । नेपालमा राष्ट्रिय मानवअधिकार आयोगमा परेका उजुरीमध्ये १० दशमलव पाँच प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याइएक छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.