• Trending:

धन्न जोगिए पाकिस्तानी राजदूत – NepalWatch

धन्न जोगिए पाकिस्तानी राजदूत – NepalWatch

Economist Nepal

Sat, Mangsir 17 2079

धन्न जोगिए पाकिस्तानी राजदूत – NepalWatch

काबुल, अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् ।

स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लैक गरेको छ।

एक प्रत्यक्षदर्शीका अनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिडडुल गर्दै थिए ।

यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दे घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिले सम्म खुल्न सकेको छैन।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.