• Trending:

पूर्वी चीनमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते   

पूर्वी चीनमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते   

Economist Nepal

Sat, Mangsir 17 2079

पूर्वी चीनमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते   

चीन । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दिउँसो ४-५० बजे आगलागी भएको थियो । उद्धारपछि दुर्घटनास्थलमा फसेका सात जनालाई अस्पताल लगिएको थियो ।

पाँच जनाको आकस्मिक उपचारको क्रममा मृत्यु भएको छ भने अन्य सामान्य घाइतेको उपचार जारी छ ।

जुझाउको नगरपालिका सरकारले दुर्घटनाको बारेमा अनुसन्धान गर्न टोली गठन गरेको जनाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.