• Trending:

बाजुरामा एमालेका कर्ण थापा पराजित, पाण्डेले मारे बाजी

बाजुरामा एमालेका कर्ण थापा पराजित, पाण्डेले मारे बाजी

Economist Nepal

Sun, Mangsir 18 2079

बाजुरामा एमालेका कर्ण थापा पराजित, पाण्डेले मारे बाजी

काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

एमाले सुदूरपश्चिम प्रदेश सहइन्चार्जसमेत रहेका प्रभावशाली उम्मेदवार कर्णबहादुर थापालाई हराउँदै कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका हुन् ।

पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ३४९ मत पाए । थापा ५ हजार ४३७ मतान्तरले पराजित भएका हुन् ।

मंसिर ४ मा भएको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाउँदै एमालेले पुनः मतदान गर्न माग राख्दै निर्वाचन आयोगमा उजुरी गरेका थिए ।

उजुरी पछि आयोगका टोलीले स्थलगत रिर्पोटिङ पछि पुनः मतदान गर्न नपर्ने गरी मतगणन अगाडि बढाउन निर्देशन दिएको थियो । यहाँ निर्वाचन भएको ११ दिनपछि मतगणना भएको हो । पाण्डेको जितसँगै कांग्रेसले ५७ सिट पुगेको छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.