
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार राउण्ड अफ १६ अन्तर्गतका अन्तिम दुई खेल हुँदैछन् ।
पहिलो खेल राति ८ः४५ बजे मोरक्को र स्पेनबीच हुँदैछ । दुवै टिम क्वाटरफाइनलको यात्रा तय गर्न जितको खोजीमा हुनेछन् ।
त्यसैगरी, अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति १२ः४५ बजेका लागि तय छ ।
पोर्चुगल समूह ‘एच’ र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
Comments
Related News