• Trending:

कार्यालयको फोहर आफै व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह

कार्यालयको फोहर आफै व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह

Economist Nepal

Wed, Mangsir 21 2079

कार्यालयको फोहर आफै व्यवस्थापन गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र रहेका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्न आग्रह गरेको छ ।

महानगरले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेर थुप्रिएको फोहोर मैला महानगरले ३५ दिनभित्र आफैँ व्यवस्थापन गर्न सुचना जारी गर्दै उल्लेख गरेको छ ।

महानगरले कार्यालय परिसरको फोहरले सहरको सुन्दरतालाई नै ह्रास आएको जनाएको छ । ‘फोहोर मैला व्यवस्थापन ऐन, २०६८ तथा ऐ नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर मैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला ।’ सूचनामा भनिएको छ ।

कार्यालय परिसर सफा नगरे कानून बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरले चेतावनीसमेत दिएको छ ।

हेराैं सूचना :

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.