• Trending:

स्वयंसेवी हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

स्वयंसेवी हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

Economist Nepal

Wed, Mangsir 21 2079

स्वयंसेवी हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

इरान । इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ ।  तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमलजे मंगलबार जनाएको छ ।

पत्रकार सम्मेलनमा घोषणा गर्दै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले तीन नाबालिकासहित एघार जना दोषीहरूलाई जेल सजाय सुनाइएको छ । अल्बोर्ज प्रान्तको इस्लामिक क्रान्तिकारी अदालत र फौजदारी अदालतले सोमबार क्रमशः वयस्क र नाबालिग पक्राउ परेकाहरूलाई अपराधको लागि मुद्दा चलाएर फैसला सुनाएको सेतायेशीले जानकारी दिएका छन् ।

निर्णयहरू अझै अन्तिम नभएका र  यस कारण दोषीहरूले पुनरावेदन खोज्न सक्ने उनले बताएका छन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.