• Trending:

भारतमा धार्मिक स्वतन्त्रता कायम रहने अमेरिकाको विश्वास

भारतमा धार्मिक स्वतन्त्रता कायम रहने अमेरिकाको विश्वास

Economist Nepal

Wed, Mangsir 21 2079

भारतमा धार्मिक स्वतन्त्रता कायम रहने अमेरिकाको विश्वास

एजेन्सी । संयुक्त राज्य अमेरिकाले भारतमा धार्मिक स्वतन्त्रता कायम रहने विश्वास व्यक्त गरेको छ । साथै उसले धार्मिक स्वतन्त्रताको रक्षाका निम्ति आफ्ना प्रतिबद्धता पूरा गर्ने विश्वास पनि व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदन सार्वजनिक भएपछि संवाददाताहरूलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विश्वको सबैभन्दा विशाल लोकतन्त्र र धार्मिक विविधता एवम् आस्थायुक्त भारतलाई धार्मिक सहिष्णुता कायम गर्न अमेरिकाले साथ दिने बताए ।

साथै उनले भारतसहित अन्य देशको धार्मिक स्वतन्त्रताको स्थितिबारे निरन्तर अनुगमन गरिने जानकारी दिए । विश्वका दुई ठूला लोकतन्त्र संयुक्त राज्य अमेरिका र भारतले धार्मिक स्वतन्त्रतासम्बन्धी परियोजनालाई अगाडि बढाउनु पर्नेमा जोड दिँदै प्रवक्ता प्राइसले भारतसँग मिलेर त्यस्ता परियोजना कार्यान्वयन गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट गरे ।

सन् १९९८ को अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐनअन्तर्गत सूचीकृत देशहरूको नाम बाइडेन प्रशासनले सार्वजनिक गरेपछि विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अल–सबाब, बोकोहराम, हयाततहरीर अल–साम, हुथी, आइएसआईएस –ग्रेटर सहारा, आइएसआईएस –पश्चिम अफ्रिका, जमातनुसरत अल, इस्लाम वाल–मुस्लिमिन, तालिबान, वाग्नर समूहले चिन्तित तुल्याएको बताएका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.