
काठमाडाैं । संघीय संसदका महासचिवले चालेन्द्र शम्शेर राणा विरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिए पछि न्यायक्षेत्रमा अहिले तरंग उत्पन्न भएको छ ।
पहिलेको संसदले गरेको काम नयाँ संसदमा नजाने तर्क राक्दै संघीय संसदका महासचिव डा.भरतराज गौतमले चोलेन्द्रको निलम्बन फुकुवाको पत्र दिए पछि यसमा विभिन्न तर्क उत्पन्न भएको छ ।
संसदका महासचिव गौतमले नेपालवाच सँगको कुराकानीमा राजनीतिक दलहरुसँग कुनै छलफल नगरी आफुलाई लागेका अनुसार यो पत्र दिने निर्णय गरेको बताएका छन् ।
चोलेन्द्र शम्शेरले दिएको निवेदनका आधारमा अवकाश हुन लागेका प्रधानन्यायाधीशको हकमा आफुले प्राकृतिक न्यायको सिद्धान्तका आधारमा पत्र दिने निर्णय गरेको समेत बताए ।
Comments
Related News