• Trending:

चोलेन्द्र समर्थकद्वारा बारका पदाधिकाीमाथि जुत्ता प्रहार

चोलेन्द्र समर्थकद्वारा बारका पदाधिकाीमाथि जुत्ता प्रहार

Economist Nepal

Wed, Mangsir 21 2079

चोलेन्द्र समर्थकद्वारा बारका पदाधिकाीमाथि जुत्ता प्रहार

काठमाडौं । निलम्बित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिएको झोंकमा उनका समर्थकहरूले धर्नामा बसेका नेपाल बारका पदाधिकारीमाथि जुत्ता प्रहार गरेका छन् ।

राणाका समर्थकहरूले उनलाई सर्वोच्च प्रवेशबाट रोक्नका लागि संविधानको कुन धाराले रोकेको भन्दै प्रश्न गरेका थिए । सर्वोच्चका न्यायाधिश र बारका पदाधिकारीहरूलाई उनीहरूले अमेरिका र यूरोपको दालल भएकोसमेत आरोप लगाएका छन् ।

जबरालाई संघीय संसद सचिवालयले महाअभियोगको प्रस्ताव निष्क्रिय भएको पत्र पठाएसँगै उनले आज दुई बजेपछि सर्वोच्च जाने बताएका थिए । उनलाई अदालत प्रवेशबाट रोक्नका लागि धर्ना कसेका बारका पदाधिकारी र उनका समर्थकबीच झडपको स्थिती सिर्जना भएको हो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.