
काठमाडौं । सर्वोच्च प्रशासनको आदेशबिना निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेश गर्न नदिन तैनाथ प्रहरीलाई आदेश दिएको छ ।
नेपाल प्रहरीका उच्च अधिकारीहरुले सर्वोच्चमा तैनाथ प्रहरीहरुलाई त्यस्तो आदेश दिएका बुझिएको हो ।
जबरामाथि महाभियोग प्रस्ताव निष्प्रभावी हुने पत्र संसद सचिवालयका महासचिवले राणालाई दिएपछि राणा आज सर्वोच्च प्रवेश गर्ने तयारीमा छन् ।
तर यस विषयमा सरकारले पनि राणामाथि लगाइएको मुद्या जीवितै रहेको जनाएको छ भने नयाँ संसदमा यस विषयमा छलफल हुने सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् ।
Comments
Related News