• Trending:

महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चमा रिट

महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चमा रिट

Economist Nepal

Wed, Mangsir 21 2079

महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चमा रिट

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी गर्ने संघीय संसद्का महासचिव भरतराज गौतमको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

सर्वोच्च अदालत बारले आज दिउँसो उक्त रिट पेस गरेको हो ।

महासचिव गौतमले आज बिहान जबराको निलम्बन फुकुवाको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक परिषद्, प्रधानन्यायाधीशको कार्यालयमा पठाएका थिए ।

उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एशोसिएसनले रिट दायर गरेको हो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.