• Trending:

ओलीले के मा खर्च गरे १८ लाख ?

ओलीले के मा खर्च गरे १८ लाख ?

Economist Nepal

Thu, Mangsir 22 2079

ओलीले के मा खर्च गरे १८ लाख ?

झापा । झापा क्षेत्र न ५ प्नतिनिधि सभा ५ का उम्मेदवार केपी शर्मा ओलीले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापामा मंगलबार ओलीले आफ्ना प्रतिनिधि मार्फत खर्च विवरण बुझाएका हुन । ओलीले चुनावी खर्च विवरणमा १८ लाख ८२ हजार ५० रुपैँया खर्च भएको विवरण बुझाएका छन् ।

उक्त रकम प्रचार सामाग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना लगाएको शिर्षकमा खर्च गरेको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय झापाका सुचना अधिकारी प्रकाश न्यौपालेले बताए ।

झापा क्षेत्र नम्बर ५ मा ३१ लाख रुपैँया सम्म चुनावमा खर्च गर्न पाउने प्रावधान थियो । निर्वाचन परिणाम घोषणा भएको ३५ दिन भित्र उम्मेदवारहरुल आफ्नो खर्च विवरण बुझाइसक्नु पर्ने प्रावधान छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.