• Trending:

कार्यालयहरूलाई आफैँ फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको निर्देशन

कार्यालयहरूलाई आफैँ फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको निर्देशन

Economist Nepal

Thu, Mangsir 22 2079

कार्यालयहरूलाई आफैँ फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । सरकारी तथा निजी कार्यालयहरुलाई आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

बुधबार एक सुचना जारी गर्दै महानगरपालिकाले महानगर भित्रका सरकारी तथा निजी कार्यालयले आ-आफ्नो कार्यालय र परिसरमा उत्पादन हुने फोहोर आफैँ व्यवस्थापन गर्न निर्देशन जारी गरेको हो ।

महानगरद्धारा जारी सुचनामा सबैखाले कार्यालयले उत्पादन गर्ने फोहोर जथाभावी नफाल्न महानगरले आग्रह गरेको छ । महानगरको उक्त सुचना ३५ दिन पछि कार्यान्वयनमा आउनेछ ।

फोहोरमैला व्यवस्थापन ऐन ०६८ तथा नियमावली २०७० को कानुनी व्यवस्थाबमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयले आ-आफ्नो परिसरको फोहोरमैला आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्न भनेको छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.