• Trending:

पराजित भएर पनि मतदातालाई धन्यवाद दिँदै एमाले नेता ज्ञवाली

पराजित भएर पनि मतदातालाई धन्यवाद दिँदै एमाले नेता ज्ञवाली

Economist Nepal

Thu, Mangsir 22 2079

पराजित भएर पनि मतदातालाई धन्यवाद दिँदै एमाले नेता ज्ञवाली

गुल्मी । निर्वाचनमा पराजित भएका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुगेका छन् ।

हार र जीतको पक्रिया स्वभाविक रहेको बताउँदै आफुलाई मत दिएका मतदातालाई धन्यवाद भन्न गाउँसम्म पुगेको नेता ज्ञवालीले वताए ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी १ मा नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीसँग १ हजार ५ सय ९२ मतले ज्ञवाली पराजित भएका थिए ।

भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याएका थिए पनि ज्ञवालीले ३२ हजार १ सय ५२ मत ल्याएका थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.