• Trending:

बिहे भोजमा प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु भेटियो

बिहे भोजमा प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु भेटियो

Economist Nepal

Thu, Mangsir 22 2079

बिहे भोजमा प्रयोग भएको पानीमा हैजा फैलाउने जीवाणु भेटियो

पाल्पा । पाल्पाको बगनासकालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ ।

बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा हैजा फैलाउने जीवाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले बताएको छ । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो ।

त्यसमध्य एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रयोगशाला प्राविधिक मधुसुधन भट्टराइले बताए । उनका अनुसार दुई वटा ड्रमको पानी परीक्षण गर्दा एउटा ड्रमको पानीमा कोलिफर्म जीवाणु भेटिएको हो ।

ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको उनले बताए । कोलिफर्म पानीको मूलमा नै रहेको हो वा ड्रममा मात्र हो भन्ने एकिन भइनसकेको उनको भनाइ छ ।

मङ्सिर १७ गते बगनासकाली–१, चिर्तुङ्धारास्थित घोरबन्दामा बिहेभोज खाएका पाल्पा र प्यूठानका २ सय जनाभन्दा बढी बिरामी भएका थिए ।

बिहेको भोज खाएपछि पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने भएको थियो ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.