• Trending:

हिउँदमा यी क्षेत्रमा अधिकतम तापक्रममा बढी हुने

हिउँदमा यी क्षेत्रमा अधिकतम तापक्रममा बढी हुने

Economist Nepal

Sat, Mangsir 24 2079

हिउँदमा यी क्षेत्रमा अधिकतम तापक्रममा बढी हुने

काठमाडौं । वर्षा नै कम हुने भएपछि मुलुकका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ ।

विभागका अनुसार कर्णालीका हुम्ला र मुगुका पश्चिमी भूभाग र सुदूरपश्चिमका बाजुरामा अधिकतम तापक्रम सरदरभन्दा धेरै हुने सम्भावना छ ।

त्यस्तै, प्रदेश १ को सोलुखुम्बु तथा इलाम, झापा, मोरङ र सुनसरीका दक्षिणी जिल्ला बागमतीका काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर र चितवन र मधेसका पर्सा तथा सप्तरीमा अधिकतम तापक्रम औसतभन्दा धेरै हुने देखिन्छ ।

विभागका अनुसार गण्डीका उत्तरपूर्वीबाहेकका अधिकांश जिल्ला लुम्बिनीका अधिकांश क्षेत्र, कर्णालीका पूर्वी तथा उत्तरी क्षेत्रमा पनि अधिकतम तापक्रम बढी हुने देखिन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.