• Trending:

विचाराधीन मुद्दामा सेनाले ठेक्का सम्झौता गर्न चिठी काट्यो

विचाराधीन मुद्दामा सेनाले ठेक्का सम्झौता गर्न चिठी काट्यो

Economist Nepal

Tue, Mangsir 27 2079

विचाराधीन मुद्दामा सेनाले ठेक्का सम्झौता गर्न चिठी काट्यो

काठमाडाैं । नेपाली सेनाले विवादित ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता गर्न सोमबार चिठी लेखेको छ । सर्वोच्च अदालतमा मुद्या विचाराधिन रहेको बेला तराई मधेस द्रुतमार्ग अन्र्तगत छैटौं प्याकेजको ठेक्काका लागि चिनियाँ फस्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडलाई चिठी लेखेको हो ।

मंसिर २० गतेको इजलासले सोमबार ठेक्काको सक्कल दस्ताबेज पेस गर्न आदेश दिएको थियो ।ठेक्का सम्झौताको मुद्यामा सुनुवाइ जारी छ ।

चिनियाँ फस्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडलाई चिठी लेखेर १५ दिन भित्र ठेक्का सम्झौता गर्न बोलाएको छ । चलानी नम्बर १५८५३ बाट चिनियाँ कम्पनीलाई १५ दिन भित्र सम्झौता गर्न जंगी अड्डा उपस्थित हुन परिपत्र गरेको हो ।

विचाराधीन अबस्थामा रहेको रिटमा सेनाले चिनियाँ कम्पनीसँग ठेक्क सम्झौताका लागि पत्र लेख्नुलाई निकै शंकास्पद रुपमा हेरिएको छ । तर सेनाले सर्वोच्च अदालतको आदेशमा आफुहरु प्रतिवद्ध रहेको बताउँदै आएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.