• Trending:

कङ्गोको राजधानीमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु

कङ्गोको राजधानीमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु

Economist Nepal

Tue, Mangsir 27 2079

कङ्गोको राजधानीमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानी किन्सासाका विभिन्न जिल्लाहरूमा मङ्गलबार बिहान परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका रहेको बताइएको छ ।

वर्षाका कारण धेरै मानिसहरू अझै पनि भग्नावशेषमा फसेकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.