काठमाडाैं । एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले नेपालमा गुगल टीभी भित्राएको छ । गुगल टीभी प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेसरओएस हो ।
यसमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगइकन होम स्क्रिनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन् । गुगल टीभीको प्रारम्भिक सेटअपपछि प्रयोगकर्ताले गुगल टीभीको होम स्क्रिन देख्न सक्नेछन् । होम स्क्रिनमा विभिन्न एप, चलचित्र र टीभी कार्यक्रमको स्लाइड हुन्छन् जुन प्राथमिकताका आधारमा देखाइन्छ ।
टीसीएल गुगल टीभी परम्परागत स्मार्ट टीभीभन्दा एक कदम अगाडि रहेको समेत टीसीएलको भनाइ छ । यसमा गुगलप्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र इन्हेन्सड युजर इन्टरफेरेन्सहरु रहेको छ । जसले गर्दा प्रयोगकर्ताहरुले टीभी चलाउँदा सहज र सजिलो महसुस गर्ने समेत बताइएको छ । यसबाहेक गुगल टीभीले टेलिभिजन अनुभव सुधार्न क्रोमकास्ट र ब्युल्ट इन गुगल एसिस्टेन्टमा पहुँच प्रदान गरेको कम्पनीले जनाएको छ ।
नेपालभर टीसीएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजीईओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सीजी डिजिटल शोरुम तथा बिक्रेता सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ ।
कम्पनीका सीजी डिजिटल शोरुम काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा र भरतपुरमा छन् ।