काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
उनले घरायासी काम देखाउँदै ९ महिना कार्यकाल बाँकी रहँदै पदबाट राजीनामा दिएका हुन् ।
संसद सचिवालयको प्रशासन महाशाखा प्रमुख रहेका घिमिरेले मंगलबार महासचिव भरतराज गौतमलाई राजीनमापत्र बुझाएका थिए ।
आज राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाख तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
Comments
Related News