काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आफ्नो राजनीतिक भेटघाटलाई तिव्र बनाएका छन् । नयाँ सरकार गठनको समय सुरू भएसँगै प्रचण्डले आफ्नो भेटघाट तिव्र बनाएका हुन ।
उनले आज विहान मात्रै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन ।
उनिहरू बीच आगामी सत्ता समिकरण र गठबन्धनको भुमिकामा छलफल भएको छ । आफैँ प्रधानमन्त्री बन्ने दौडमा लागेका प्रचण्डले गठबन्धनबाट पहिलो चरणमै सरकारको नेतृत्व कसरी गर्न सकिन्छ भनेर आन्तरिक रुपमा तयारी गरि रहेका छन् ।
Comments
Related News