• Trending:

गणेश लामासहित तीन जनालाई कारबाही गर्न सिफारिस

गणेश लामासहित तीन जनालाई कारबाही गर्न सिफारिस

Economist Nepal

Sun, Push 3 2079

गणेश लामासहित तीन जनालाई कारबाही गर्न सिफारिस

काभ्रे । नेपाली कांग्रेस, जिल्ला समिति काभ्रेले निर्वाचनमा अन्तरघात गरेको ठहर गर्दै गणेश लामासहित तीन जनालाई कारबाही गर्न सिफारिस गरेको छ ।

जिल्ला समितिले केन्द्रीय सदस्यद्वय गणेश लामा र मधुप्रसाद आचार्य तथा प्रतिनिधि सभा क्षेत्र नं. २ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको हो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी पराजित गर्न भूमिका खेलेकाले कारबाहीका निम्ति पार्टी अनुशासन समितिसमक्ष सिफारिस गरिएको काभ्रे जिल्ला समितिले जनाएको छ ।

पार्टीले सर्कुलर नै गरेर नेता तथा कार्यकर्तालाई गठबन्धनका उम्मेदवार विजयी गराउन भूमिका खेल्न आग्रह गरे पनि आचार्य र लामा निर्वाचन प्रचार अभियानमा एक दिन पनि हिँडेका थिएनन् । उनीहरूमाथि विपक्षी उम्मेदवारको पक्षमा भित्रभित्रै लागेको आरोप छ ।

नेपाली कांग्रेसले गत निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्ताको खोजी थालेको छ । यही क्रममा उसले विभिन्न नेतालाई कारबाही गरेको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.