• Trending:

विदुर ढल निर्माण तथा प्रशोधन आयोजना नुवाकोटमा सञ्चालनमा

विदुर ढल निर्माण तथा प्रशोधन आयोजना नुवाकोटमा सञ्चालनमा

Economist Nepal

Sun, Push 3 2079

विदुर ढल निर्माण तथा प्रशोधन आयोजना नुवाकोटमा सञ्चालनमा

नुवाकोट । नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’ सञ्चालन भएको छ । विदुर नगरपालिकाको वडा नम्बर २, ४, ५ र ६ लाई केन्द्रीत गरि बहु–प्रतिक्षित ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’ को सिलान्याससँगै निर्माण कार्य सुरु भएको हो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत सञ्चालन गर्न लागिएको आयोजनाको लागत ४५ करोड रुपैयाँ रहेको छ । सो आयोजनाको कार्यक्रमकाबीच विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले शुभारम्भ गरेका छन् ।

विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बहने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्धिकरण गर्न महत्वका रुपमा लिइएको सो आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गर्ने मेयर श्रेष्ठले प्रतिवद्धता जनाएका छन् ।

नुवाकोटको विदुर नगपालिकाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनका लागि ‘विदुर ढल निर्माण तथा प्रशोधन आयोजना’ प्रभावकारी हुने लक्ष्य लिइएको उपमेयर प्रभा बोगटीको भनाइ छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.