काठमाडौं (एजेन्सी) । एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् ।
‘यस जिम्मेवारीका लागि कुनै व्यक्ति भेट्नेबित्तिकै म राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु,’ उनले ट्विटरमा लेखेका छन् ।
यसअघि मस्कले टिवटरको सिइओ पद छाड्न ठीक कि सम्हाल्न भनेर ट्वीटर पोल गरेका थिए । उनले नतिजा जे आए पनि आफूलाई स्वीकार्य हुने समेत उल्लेख गरेका थिए ।
मतगणनामा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२.५ प्रतिशतले नछाड्न मत दिएका थिए ।
केही महिनाअघि मस्कले ट्विटर खरिद गरेयता उनले गरेका नीतिहरूको परिवर्तनलाई लिएर उनको आलोचना हुँदै आएको छ ।
Comments
Related News