काठमाडाैं । हत्या अभियोगमा दुई दशक देखी कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाईएको छ ।
बुधबार सर्वोच्च अदालतको आदेश बमोजिम आज शोभराजलाई कारागारबाट मुक्त गरि अध्यागमन विभागको जिम्मा लगाइएको हो ।
आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनलाई पुन : नेपाल आउन नपाउने गरी फ्रान्स सरकारको जिम्मा लगाउने तयारी भईरहेको छ ।
Comments
Related News