• Trending:

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत – NepalWatch

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत – NepalWatch

Economist Nepal

Fri, Push 8 2079

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत – NepalWatch

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गरेको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका छन् ।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोकिएको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पाण्डेले गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई हिजो मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.