• Trending:

स्याउका बोट काटछाँटमा ब्यस्त भए मुगुका किसान

स्याउका बोट काटछाँटमा ब्यस्त भए मुगुका किसान

Economist Nepal

Fri, Push 8 2079

स्याउका बोट काटछाँटमा ब्यस्त भए मुगुका किसान

मुगु । स्याउ टिपेर सकिएसँगै मुगुका किसान विरुवा काटछाँटमा ब्यस्त भएका छन् ।

काटछाँट नगरे साना दाना लाग्ने र झर्ने भएकाले किसानले हरेक हिउँदको समयमा स्याउका बोट काटछाँट गर्ने गरिएको छ ।

बिगतका बर्षहरूमा जिल्ला कृषि बिकास कार्यालयको समन्वयमा स्याउका विरुवा काटछाँट गर्न प्राविधिक खटाईने गरेको भएपनी यो बर्ष प्राविधिक खटाएइएको छैन ।

कृषि बिकास कार्यालय मुगुका सुचना अधिकारी टेक बहादुर खत्रिका अनुसार गत आर्थिक वर्ष मुगुमा एक हजार दुई सय ४३ हेक्टर क्षेत्रफलमा नौ हजार तीन सय ८५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

मुगुको ताल्चा, बाम, रोवा, खमाले, सेरी, श्रीकोट लगायतका क्षेत्रलाई स्याउको पकेट क्षेत्र मानिएको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.