काठमाडौं (एजेन्सी) । गत नोभेम्बरमा एयर इन्डियाको विमानमा एक वृद्ध महिलालाई पिसाब गरेको आरोपमा एक व्यक्ति बेंगलुरुबाट पक्राउ परेका छन्।
बैंगलोरस्थित बहिनीको घरमा बसिरहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
समाचार एजेन्सी एएनआईले दिल्ली पुलिसलाई उद्धृत गर्दै एक युवक पक्राउ गरेको जनाएको छ ।
यसअघि अभियुक्तका पिताले छोरालाई निर्दोष घोषणा गरेका थिए । तर उनले छोरा अहिले कहाँ छन् भनी गरिएको प्रश्नमा अनभिज्ञता प्रकट गरेका थिए ।
Comments
Related News