काठमाडौं । बमको थ्रेटपछि जापानको एक विमान आपतकालीन अवतरण गरिएको छ ।
टोकियोनजिकैको नारिता विमानस्थलबाट दक्षिणी जापानको फुकुओकाका लागि उडेको विमान बमको थ्रेटपछि आपतकालीन अवतरण गरिएको हो ।
शनिबार स्थानीय समयअनुसार ०६ः२० बजे जर्मनबाट एक व्यक्तिले टेलिफोन गरेर अंग्रेजी भाषामा विमानमा आफूले बम राखेको बताएका थिए । लगत्तै विमानलाई अवतरण गर्न निर्देशन गरिएको थियो ।
विमानमा १३६ यात्रु र चालक दलका ६ सदस्य यात्रारत थिए ।
बम राखेको दाबी गरिए पनि अनुसन्धानका क्रममा त्यस्तो केही नभेटिएको बताइएको छ ।
Comments
Related News